नियम ३३
जानकारी दिनु पर्ने
(१) बाल सुधार गृहले बालबालिका सिकिस्त बिरामी भएमा वा निजलाई गम्भीर चोटपटक लागेका कारण अस्पतालमा अठ्चालीस घन्टाभन्दा बढी राख्नु पर्ने भएमा वा बाल सुधार गृहभित्रै कुरुवा बसी उपचार गर्नु पर्ने भएमा त्यस्ता बालबालिकाको उपचारको व्यवस्था गरी बाबुआमा, संरक्षक वा परिवारका अन्य सदस्यलाई छिटो जानकारी दिने व्यवस्था गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिमको जानकारी सम्बन्धित बाबुआमा, संरक्षक वा परिवारका अन्य सदस्यलाई दिन नसकिएमा बाल सुधार गृहले सार्वजनिक सञ्चार: माध्यमबाट सूचना दिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको जानकारीर उपनियम (२) बमोजिमको सूचना जिल्ला बाल न्याय समितिलाई दिनु पर्नेछ र सो जानकारीसमेत सम्बन्धित बालबालिकाको व्यक्तिगत विवरणमा समावेश गर्नु पर्नेछ ।